समाज

    Showing 9,251-9,260 of 11,082 items.
  • मुस्ताङको दामोदर कुण्डमा लेक लागेर ७० वर्षीय वृद्धको मृत्यु

    मुस्ताङ— मुस्ताङमा रहेको दामोदर कुण्ड पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ। लो—घेकर दामोदर कुण्ड गाउँपालिका—४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। सिटौला तीर्थयात्राको क्रममा त्यहाँ पुगेका थिए। गएको बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भएको परिवारका सदस्यले बताएका छन्। 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 172 पटक पढिएको
  • उद्दारकला र पुर्व अभ्यासमा सहभागी भएका २ प्रहरी बेपत्ता, खोजी कार्य जारी

    सप्तरी— सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटिएका दुई प्रहरी आफै बेपत्ता भएका छन् । विहीबार बाढी पहिरोमा फँसेकाहरुलाई कसरी जोगाउने? भन्ने उद्देश्यका साथ सचेतनाका लागि अभ्यासमा खटिएका उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढीपहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्देगर्दा उनीहरु बेपत्ता भएका हुन् ।विपद् पुर्व तयारीका अभ्यासका लागिव मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सह

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 486 पटक पढिएको
  • बालुवा बोकेको टिपरमा तार र फ्युज निकाल्न लाग्दा आगलागी

    काभ्रेपलाञ्चोक— काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 237 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ।आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ।अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 310 पटक पढिएको
  • कुटपिटबाट घाइते किशोरको मृत्यु

    दाङ— तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 256 पटक पढिएको
  • आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    काठमाडौं— हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्य

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 394 पटक पढिएको
  • जिस्किँदा-जिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएपछि...

    विराटनगर— मोरङमा एक व्यक्तिले जिस्किदाजिस्किदै सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानका

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 294 पटक पढिएको
  • आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलनराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।जातीय छुवाछूत कानूनतस् दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 265 पटक पढिएको
  • यातायात व्यवसायीको आन्दोलन फिर्ता लिएपछि, आजदेखि सार्वजनिक गाडी चल्न थाले

    काठमाडौं— यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका ल

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 341 पटक पढिएको
  • टिपरको ठक्करबाट बाजुराका घर भएका प्रहरी जवान मीन बहादुर दानीको मृत्यु

    सर्लाही— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फूलजोर चोकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका–६ निवासी ३० वर्षीय मीन बहादुर दानी रहेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दानी बयलवासबाट फूलजोरतर्फ जाँदै गरेको बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकलमा सवार थिए।सोही क्रममा रानिगन्जबाट आइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।गम्भीर घाइते भएका दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.