कञ्चनपुर। शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले जिल्लाभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई प्रचलित शिक्षा ऐन तथा नियमविपरीत अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । एकाइ कार्यालयका प्रमुख लक्ष्मण गिरीका अनुसार केही संस्थागत विद्यालयहरूले चर्को शुल्क असुल गर्ने, पुराना विद्यार्थीबाट समेत विभिन्न नाममा वार्षिक शुल्क लिने तथा नयाँ भर्नाका लागि परीक्षा शुल्क उठाउने गरेको गुनासो प्राप्त भएको छ ।शुल्क लिएबापत विद्यालयहरूले कुनै पनि आधिकारीक रसिद नदिने गरेलगायतका विभिन्न माध्यमबाट कार्यालयमा उजुरी प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभयो । यस्ता गतिविधि प्रचलित शिक्षा ऐन, नियमावली, विद्यालय वर
मुगु— मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ ।गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हुँदै आएको हो ।‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत छाँयानाथ रारा नगरपालिकलगायत चार स्थानिय तहका ६० विद्यालयका १४ सय १६ जान विद्यार्थीहरुलाई सन् २०१८ बाट यस्तो कार्यक्रम संचालन गरिरहेका हौं । ४ देखि १८ बर्ष उमेरसम्म सामूदायक बिद्यालयमा अध्यनरत प्रतिव्यक्ति २२ सय ३३ रुपैंयाँ का दरले प्रतिब्यक्तिलाई पोशाक
काठमाडौं— राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधा स्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसबित भेटवार्ता भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पु¥याउदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीताका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नर्वे सरकारले नेपालको विद्यालय शिक्षा क्षेत्र विशेष गरी समावेशिता, समता, ‘फन्डामेन्टल लर्निङ’, ‘क्लाइमेट स्मार्ट
काठमाडौँ। वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ ।यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले राससलाई जानकारी दिनुभयो । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उहाँले बताउनुभयो । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जलयात्राका लागि प्रसिद्ध छ ।बागमती प्रदेशमा बग्ने त्रिशूली, नारायणी, भोटेकोशी, सुनकोशीजस्ता नदी र मकवानपुरको कुलेखानी ड्यामलाई जल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ । यसका लागि
काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।बिहीबार उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर आफूहरुले राजीनामा दिएको उनीहरुको भनाइ छ।सरकारले यसअघि भएका राजनीतिक नियुक्ति हटाउने तयारी गरेको छ।केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।
काठमाडौं— नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा यात्रा जारी राखेको छ।हेल्प नेपाल नेटवर्कले वि सं २०८२ मा देशका दुर्गम भूभागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, महिला सशक्तीकरण र आपत्कालीन राहतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जनाएको छ ।‘जहाँ आवश्यक छ त्यहीँ सेवा’ भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय
काठमाडौं— काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र वास्तविक सुकुम्बासीलाई सरकारमार्फत स्थायी बसोबासको व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।महानगरका प्रवक्ता नवीन मानन्धरले विस्थापितहरूलाई सामाजिक विकास कार्यक्रमअन्तर्गत राखी स्वरोजगार बनाउन ऋण र तालिमको व्यवस्था गरिने जानकारी दिएका हुन् ।हाल थापाथली लगायतका क्षेत्रबाट विस्थापित भएका ४४ घरधुरीका १२१ जनालाई कीर्तिपुरस्थित राधास्वामी सदनमा राखिएको छ । प्
दमौली। तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो । देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकूल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । देवघाटका गुरुकूलहरु देशमै ख
काठमाडौं— सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.