शिक्षा

    Showing 141-150 of 596 items.
  • कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि

    भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 129 पटक पढिएको
  • त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए ।त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । ‘अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई ह

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 118 पटक पढिएको
  • प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

    महोत्तरी । मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव टार्न मधेस प्रदेश सरकारले तत्काल नै प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।‘विद्यालयमा पछिल्लो एक दशकभित्र शिक्षकको नयाँ दरबन्दी भएको छैन, यस कारणले थुप्रै सामुदायिक विद्यालय शिक्षक अभाव खेप्दैछन्’, मुख्यमन्त्री सिंहले भने, ‘यही अभाव तत्कालै पूर्ति गर्न प्रदेश सरकारले स्वयंसेवक शिक्षक परिचालन गर्ने तयारी अघि बढाएको हो ।’ यो कामले विद्यालयमा विषयगत शिक्षकको कमीलाई तत्काल परिपू

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 128 पटक पढिएको
  • छोरी शिक्षाबाट बालविवाहमा रोक सम्भव हुन्छः मुख्यमन्त्री सिँह

    जनकपुर । मधेश प्रदशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका प्रदेशका प्रदेशका बहुसँख्यक जनताको छोरीको बिहा गरेर टाउकामाथिको बोझ हटाउने मानसिकताका कारण बालविवाहले प्रश्रय पाइरहेको बताएका छन् । गरीबीकै कारण शिक्षामा बालिकाको सहभागिता कम भएको भन्दै उनले शिक्षा र चेतनाबाट मात्र बालविवाह उन्मूलन हुने प्रस्ट पारे । बुधबार जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेका वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि एवम् बालबालिकालाई मुख्यमन्त्री सिंहले शिक्षामा पहुँच र प्राप्तिबाटै वालविवाह रोकिने हुँदा बालिका शिक्ष

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 142 पटक पढिएको
  • पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

    कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेकासामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ । पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो । नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ ।सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐ

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 108 पटक पढिएको
  • गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख

    गलेश्वर (म्याग्दी) । गरिब तथा  जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताए ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 174 पटक पढिएको
  • सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

    दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटककेशवटार माविबाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रम अनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 188 पटक पढिएको
  • यसकारण आवश्यक छ माध्यमिक तहमा स्वास्थ्य विषय

    काठमाडौँ । सरकारले माध्यामिक तह (कक्षा ९–१०) मा स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन गृहकार्य अगाडि बढाएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप विसं २०७६ कार्यान्वयनमा आएसँगै विसं २०८० देखि कक्षा ९ र १० को पाठ्यक्रमबाट ‘अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा’ हटाइएको थियो । ऐच्छिक भएसँगै यो विषय अधिकांश सामुदायिक विद्यालयको रोजाइमा पर्न सकेको छैन । यही बीचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य विषयलाई पुनः अनिवार्य बनाउन छलफल अगाडि बढाएका हुन् । पछिल्ला समय नयाँ नयाँ सङ्क्रामक रोग, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 189 पटक पढिएको
  • सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

    काठमाडौँ । सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको कार्यदलले आवश्यक गृहकार्य सुरु गरेको छ ।खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित उक्त कार्यदलले कसरी खानेपानीको महसुल छुट गर्न सकिन्छ भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ ।खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही हप्ता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै उक्त कार्यदल गठन गरिएको थियो ।विद्या

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 130 पटक पढिएको
  • राणाकालीन पुस्तकालयमा अब बाल पुस्तकालय

    गलकोट (बागलुङ) । बागलुङको बालमन्दिरमा रहेको राणाकालीन सामुदायिक पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापना गरिने भएको छ । विसं २००३ मा स्थापित उक्त पुस्तकालयमा बालबालिकाका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो । बाल पुस्तकालय सञ्चालनका लागि अभियानबाट सङ्कलित रु पाँच लाख खर्चेर बाल पुस्तकालय स्थापना गरिएको पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिए ।पुस्तकालय स्थापनको दिन पारेर सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले छोरी आराजु श्रेष्ठको स्मृतिमा रु ५५ हजार ५५५, पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले बुबा टीकाराम पुनको स्मृतिमा रु ५० हज

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 133 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा