काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।बिहीबार उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर आफूहरुले राजीनामा दिएको उनीहरुको भनाइ छ।
सरकारले यसअघि भएका राजनीतिक नियुक्ति हटाउने तयारी गरेको छ।
केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।




































