शिक्षा

    Showing ४०१-४१० of १,००९ items.
  • अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवसुविधा समायानुकूल बनाउन आग्रह गरेको हो । सङ्गठनले शत्प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ ।&

    • प्रकाशित मितिः असार २३, २०८२
    • ७११ पटक पढिएको
  • नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

     काठमाडौं — नेपाल शिक्षक महासंघविरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको छ।शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले उक्त उजुरी दर्ता गराएका हुन्। उनीहरूले महासंघ दर्ता विना नै सञ्चालनमा रहेको दाबी गरेका छन्।उजुरीमा महासंघले वैधानिक प्रक्रिया नअपनाई कार्यालय छाप र लेटरप्याड प्रयोग गर्दै अनाधिकृत रूपमा आर्थिक संकलन गरिरहेको आरोप लगाइएको छ। सदस्यता शुल्क, नवीकरण दस्तुर र सहयोग रकमका नाममा रकम उठाउने कार्य भइरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। उजुरीकर्ताहरूले महासंघको गतिविधि तत्काल रोक्न र आवश्यक अनुसन्धान अघि बढाउन समिति

    • प्रकाशित मितिः असार २३, २०८२
    • ४१९ पटक पढिएको
  • अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

    डोल्पा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहिबार मुद्दा दायर गरेको हो ।तत्कालीन दुनै गाविस २ र ३ नम्बर वडा पर्ने तिप्लामा दुर्गा प्रावि नामको कुनै विद्यालय नै नभएको पाइएको अख्तियारले जनाएको छ ।हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ ।तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/

    • प्रकाशित मितिः असार १९, २०८२
    • ५६१ पटक पढिएको
  • इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमालाई एक लाख दिए, एमबीबीएससम्म पढाइदिने बाचा

    भक्तपुर— भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक लाख रुपैयाँसहित सम्मान गरेका छन् ।उनले गोमालाई एमबीबीएससम्म पढाउने जिम्मा पनि लिएका छन् । गोमाले हालै आएको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेपछि चर्चित भएकी छन् ।इँटाभट्टामा काम गर्दै हुर्केकी गोमाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर चर्चामा आएकी थिइन् ।भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले स्कुल जानुअघि बिहान र स्कुलबाट आएपछि साँझ इँटा सुकाउने काममा सघाउँदै आएकी थिइन् ।गोमा एसईईको नतिजाका दिन प

    • प्रकाशित मितिः असार १९, २०८२
    • ६९९ पटक पढिएको
  • विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी

    मुगु – खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३४२ पटक पढिएको
  • काठमाडौं महानगरले कक्षा ११–१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ / १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।इच्छुक विद्यार्थीहरूले असार १८ देखि २७ सम्म अनलाइन आवेदन फाराम भर्न सकिने जनाएको छ । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।सूचनामा उल्लेख गरिएअनुस

    • प्रकाशित मितिः असार १८, २०८२
    • ६२३ पटक पढिएको
  • लालबन्दीमा नगर र वडा अनुदान शिक्षक ६ महिनादेखि तलबविहीन

    सर्लाही— जिल्लाको लालबन्दी नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तलबविहीन भएका छन् । अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकहरु ६ महिनादेखि तलबविहीन भएका हुन् । आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा समेत तलब नपाएपछि उनीहरूमा गहिरो असन्तोष र निराशा बढेको छ। सो नगरपालिका अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा कार्यरत नगर तथा वडा अनुदान अन्तर्गत नियुक्त शिक्षकहरूले विगत ६ महिनादेखि पारिश्रमिक नलिई काम गर्न बाध्य भएका छन्। शिक्षकहरू विद्यालयमा नियमित शिक्षण कार्यमा संलग्न रही आफ्नो जिम्मेवारी निर्वाह गरिरहे पनि तलब नपाउँदा दैनिक जीवनयापनमै समस्या परेको गुनासो गर्छन्। “हाम

    • प्रकाशित मितिः असार १७, २०८२
    • १,१७० पटक पढिएको
  • बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण

    मकवानपुर  -  मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ । विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै

    • प्रकाशित मितिः असार १७, २०८२
    • ४०३ पटक पढिएको
  • शिक्षामन्त्रीले देउवालाई भेटेर फर्किएपछि सुरु भयो शिक्षा समिति

     काठमाडौं — विद्यालय शिक्षा विधेयकका विषयमा सहमति नजुट्दा शिक्षा समितिको बैठक ढिलो गरी सुरु भएको छ। बिहान ८:३० बजे बोलाइएको बैठक आज साँझ ४ बजेपछि मात्र सुरु भएको हो।शिक्षक महासंघले सरकारलाई दिएको अन्तिम म्याद (असार १५) पछि सडक संघर्ष स्थगित गरे पनि अन्तिम घडीसम्म सहमति जुट्न नसक्दा बैठक अन्योलमा परेको थियो। सहमतिको प्रयासस्वरूप महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए।समितिबाट हिजै विधेयक पारित गर्ने तयारी भए पनि केही विवादास्पद विषयमा सहमति नहुँदा विधेयक पारित हुन सकेन। विशेषतः शिक्षक पदपूर्तिका प्रावधानमा विवाद देखिएको छ।शिक्षा मन्त्रालयले पदपूर्ति प्रक्रिया ६० प्रतिशत आन्तरि

    • प्रकाशित मितिः असार १६, २०८२
    • ३८७ पटक पढिएको
  • शिक्षक महासंघ बैठकबाट बाहिरियो, ७५/२५ पदपूर्ति प्रस्तावमा अडिग

    काठमाडौं — नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट असहमति जनाउँदै बाहिरिएका छन्। शिक्षक पदपूर्तिको प्रक्रिया ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने सरकारी प्रस्तावमा सहमति नजुटेपछि उनीहरू बैठक छाडेका हुन्।महासंघका महासचिव तुलाबहादुर थापाले सरकारसँग पहिले नै ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाको सहमति भएको दाबी गर्दै भने, “सरकारले पटक–पटक हामीसँग ७५/२५ मा सहमति गरिसकेको छ। हामीले त्यही माग राख्यौं, तर उहाँहरूले शिक्षा विधेयक ७५/२५ मा अगाडि बढाउन नसकिने बताएपछि हामी बैठकबाट निस्कियौं।”सोमबार बिहान ८ बजेका लागि बोलाइएको

    • प्रकाशित मितिः असार १६, २०८२
    • ३७१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.