शिक्षा

    Showing 401-410 of 776 items.
  • एसइई पूरक परीक्षाको तालिका सार्वजनिक

    काठमाण्डौ  ।  परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो ।२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ ।

    • प्रकाशित मितिः असार १९, २०८१
    • 392 पटक पढिएको
  • एसईई फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरे

    काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार

    • प्रकाशित मितिः असार १५, २०८१
    • 435 पटक पढिएको
  • एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

    काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको हाे ।यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ । 

    • प्रकाशित मितिः असार १५, २०८१
    • 612 पटक पढिएको
  • कुन प्रदेशको एसईईको नतिजा कस्तो (सूचीसहित)

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले बिहीबार माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।मधेस प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् ।बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएक

    • प्रकाशित मितिः असार १३, २०८१
    • 682 पटक पढिएको
  • एसईईको नतिजा आज सार्वजनिक नहुने

    काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोली सार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबार अपरान्ह ४ बजे नतिजा सार्वजनिक गर्ने जनाएको छ।यसअघि आज सार्वजनिक तयारी थियो । तर, प्राविधिक समस्याका कारण भोली नतिजा सार्वजनिक गर्न लागिएको हो । यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।गत चैत १५ गते सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 375 पटक पढिएको
  • एसईईको नतिजा बिहीबारसम्ममा आउने

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ।परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित

    • प्रकाशित मितिः असार ११, २०८१
    • 670 पटक पढिएको
  • यसरी हेर्न सकिन्छ यो वर्षको एसईईको नतिजा

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभीआरबाट प्रकाशित गर्ने भएको जनाएको हो । 

    • प्रकाशित मितिः असार १०, २०८१
    • 428 पटक पढिएको
  • एसईईका लागि बेग्लै क्यालेन्डर, यस वर्षको परीक्षा चैत ७ देखि

    काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । सोही तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । यसअघि एसईई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ ।  बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने छ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेस

    • प्रकाशित मितिः असार ९, २०८१
    • 459 पटक पढिएको
  • भारतमा परीक्षा सञ्चालन गर्ने नयाँ कानून लागू

    काठमाडौं । भारत सरकारले परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ । यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ कानुन सार्वजनिक परीक्षा (अनुचित साधनहरूको रोकथाम) ऐन, २०२४ शुक्रबारदेखि लागू गरिएको छ । राष्ट्रियस्तरका प्रमुख परीक्षाहरूको प्रश्नपत्र बारम्बार बाहिरिने घटनालाई लिएर सङ्घीय सरकारको राष्ट्रिय परीक्षण एजेन्सीविरुद्ध देशभर विद्यार्थी

    • प्रकाशित मितिः असार ८, २०८१
    • 389 पटक पढिएको
  • यो वर्षको एसईईको नतिजा असार १४ भित्रमा

    काठमाडौं  ।   यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन्।बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताए। प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशतजति सकिएको छ। यो सकिएपछि फेरि

    • प्रकाशित मितिः असार ८, २०८१
    • 525 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा