शिक्षा

    Showing ७४१-७५० of १,००९ items.
  • धरानको ब्लूमिङ लोटस स्कुलका तत्कालीन प्रिन्सिपल बलात्कारको आरोपमा पक्राउ

    धरान / बलात्कारको आरोप लागेका धरानको ब्लूमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राजकुमार खड्कालाई सीआईबीले पक्राउ गरेको हो । टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताए ।खड्काले १३ साउन २०७४ मा ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको आरोप लागेको छ । बलात्कार गरेको कुरा कसैलाई सुनाए स्कुलबाट

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • २१५ पटक पढिएको
  • छापिएका किताब तत्काल विद्यालयमा पुर्‍याउन निर्देशन

    काठमाडौँ /  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल विद्यालयहरूमा पुर्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सबै विद्यालयमा पुर्याउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिइन् । उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिइन् ।बैठकमा स

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १८७ पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौँ  / विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि शिक्षकलाई पक्राउ गरिएको प्रहरी वृत्त कार्यालय गौशालाले जानकारी दिएको छ।कलेजका संयोजक समेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी समेत गरेका थिए। विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजक

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • २२३ पटक पढिएको
  • निमावि तह शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

    झापा / शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।आयोगले सोमबार सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर १४ सम्म आवेदन दिन सकिने छ ।अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धांक पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।आयोगले सूचनामा परीक्षा साउन २८ गते बिहान ८ बजे तोकेको छ ।

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • १९९ पटक पढिएको
  • प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, कुन प्रदेशमा कति भए उत्तीर्ण ?

    झापा / शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ। शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गरेको हो।१३ हजार २९७ रिक्त पदका लागि सञ्चालन गरेको परीक्षा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उत्तीर्ण भएका हुन् । यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २०२ पटक पढिएको
  • आजबाट ६ दिन विद्यालय बन्द

    झापा / स्थानीय तह निर्वाचनका लागि आज (बुधबार) बाट ६ दिन विद्यालयहरू बन्द हुने भएका छन्। सरकारले वैशाख ३० गते मात्रै बिदा दिने निर्णय गरेपनि धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • २२० पटक पढिएको
  • कक्षा १२ को परीक्षा केन्द्र यस प्रकार छ

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । परीक्षा केन्द्र विवरण बोर्डको वेबसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।  

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • १९८ पटक पढिएको
  • बुद्धशान्तिका स्काउटहरुलाई दिइयो पि टि सि र बि टि सि तालिम

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा ३५५ औ पि टि सि र ४८६ औ बि टि सि तालिम सम्पन्न भएको  छ । नेपाल स्काउट बुद्धशान्ति तदर्थ समितिले आयोजना गरेको स्काउट आधारभूत तालिम बिहीबार बुद्धशान्तिको गडीगाउँ मा बि मा सम्पन्न भएको हो ।  बुद्धशान्ति तदर्थ समितिका संयोजक मन्जिल पाठकको अध्यक्षता भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख श्री कमल निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । २१ जना महिला तथा २० जना पुरुष  गरि जम्मा ४१ जना दीक्षित भएको बुद्धशान्ति तदर्थ समिति संयोजक पाठकले बताएका छन् ।  तालिममा राष्ट्रिय प्रशिक्षक

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • ३३० पटक पढिएको
  • एनसेलले ल्यायो एसईई दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’

    काठमाडौं /  एनसेल आजियाटाले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जीबी डेटा र रिचार्जमा बोनस दिने कम्पनीले जनाएको छ।उक्त सिम खरिद गर्न विद्यार्थीको आफ्नो वा आफ्नो आमा–बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटो चाहिने कम्पनीले जनायो।कम्पनीका अनुसार करसहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, यूट्युब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरी ४ हप्त

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • २३१ पटक पढिएको
  • माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित

    झापा / शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्य परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले गत चैत १५ गते सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार प्रकाशित गरेको हो ।आयोगले एक हजार पाँच सय ४७ दरबन्दी पूर्ति गर्नका लागि सामान्य परीक्षा सञ्चालन गरेको थियो । सोही परीक्षाको नतिजा आयोगले प्रकाशित गरेको हो । सामान्य परीक्षामा उत्तीर्ण परीक्षार्थीको विषयगत परीक्षा आगामी असार ९ गते हुने शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि प्रदेश नं. १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रूपन्देही कर्णाली प्र

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १९० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.