शिक्षा

    Showing 71-80 of 776 items.
  • प्रतिकूल मौसमका कारण इटहरीमा विद्यालय बिदा

    विराटनगर— प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय आज एक दिनका लागि बन्द गरिएको छ ।इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचनामार्फत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्न निर्णय गरिएको जनाएको छ ।“मौसम प्रतिकूल रहेकाले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी आजका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्न निर्णय गरिएको छ,” शिक्षा शाखा प्रमुख रमेश कुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 463 पटक पढिएको
  • ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या

    डोटी—  विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आत्महत्या गरेकी छन् । डोटी जिल्ला स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन् ।जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत एक जना विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएको सुसाइड नोट फेला परेको शिक्षिका खड्काले आत्महत्या गरेको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 515 पटक पढिएको
  • कानुन संकायको डिनमा पराजुली र परीक्षा नियन्त्रकमा पौडेल नियुक्त

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न पदमा नौ जना नयाँ पदाधिकारी नियुक्त गरेको छ।कानुन संकायको डिनमा डी.एन. पराजुली र परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन्। त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अनुसन्धान निर्देशनालयको निर्देशकमा यमबहादुर गुरुङ र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे जिम्मेवारी पाएका छन्।शिक्षा संकायका सहायक डिनमा अवतार सुवेदी, सह–परीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसका प्रमुखमा ठाकुर वाग्ले, हेटौँडा वन क्याम्पसका प्रमुखमा यमबहादुर केसी र ललितकला विभागको प्रमुखमा अञ्जु कँ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 500 पटक पढिएको
  • कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 508 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालको जित

    काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सकको थियो । खेलमा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिएका थिए । त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 494 पटक पढिएको
  • मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो

    काठमाडौं । मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् ।अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।अनुसन्धान टोलीका सदस्य प्रा.सञ्जीव गुप्ताले यो खोजलाई ‘जीवनका सम्भावित बायोसिग्नेचर’ भने पनि यसलाई प्रत्यक्ष जीवनको खोज ठान्न नमिल्ने बताएका छन् । ‘यसलाई सुनिश्चित गर्न, ढुंगाका नमूनालाई पृथ्वीमा ल्याएर थप

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 228 पटक पढिएको
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 563 पटक पढिएको
  • जेनजी आन्दोलनमा घाइते भएका दिपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

    काठमाडौं— गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् ।जेन–जी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी दिपेन्द्र बस्नेत ढलेका थिए ।  दैलेख घर भएका दिपेन्द्र बस्नेतको हाल उनको उपचार

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 475 पटक पढिएको
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।बोर्डले नतिजा हेर्न VR

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 826 पटक पढिएको
  • मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा सम्पन्न

    जनकपुर— मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो।बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए। साथै उनले विना सीप वैदेशिक रोजगारीमा जानेहरुको संख्या अझै पनि उच्च रहेको उल्लेख गर्दै रोजगारीका लागि अत्यधिक गएका मुलुकका विश्वविद्यालयहरूसँग सहकार्य गरी सीपसम्बन्धी शिक्षा प्रदान गरेर युवालाई दक्ष बनाउनुपर्नेमा जोड

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 424 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा