काठमाडौं— युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन् ।उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्,'यो स्पष्ट रूपमा आतंकवाद हो । सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन् । संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ ।'हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको सम्भावना उठाएका थिए । उनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए ।यद्यपि, यो बैठकपछि रद्द गरिएको थियो । युक्रेनले पुटिन-ट्रम्प वार्ता स्थगित भएदेखि रुसी आक्रमणहरू तीव्र भएको
एजेन्सी । चीनको जहाज निर्माण उद्योगले उल्लेख्य प्रगती गरेको छ । विगत पाँच वर्षमा उद्योगले आफ्नो क्षमतामा उल्लेखनीय रूपमा वृद्धि समेत गरेको छ । २०२१ मा सुरु भएको र यस वर्ष समाप्त हुने देशको १४ औं पञ्चवर्षीय योजनाको क्रममा, चिनियाँ जहाजहरूले विश्वव्यापी ५१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए । जुन २०१६ देखि २०२० सम्मको देशको १३ औं पञ्चवर्षीय योजनाको तुलनामा लगभग आठ प्रतिशत बढी हो।अधिकारीहरूले चिनियाँ शिपयार्डहरूको प्रतिस्पर्धात्मकता बढेको पनि बताएका छन् । जहाज निर्माण, नयाँ अर्डर र अर्डर ब्याकलगहरूमा छ कम्पनीहरू विश्वका शीर्ष १० मा परेका छन्।चाइना एसोसिएसन अफ द नेशनल शिपबिल्डिंग इन्डस्ट्रीका
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो ।पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट बुझाइ छ । धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने । साथै, उनले राष्ट्रपति सीलाई ‘कडा वार्ताकार’ भन्दै प्रशंसा पनि गरे ।राष्ट्रपति सीले हालै दुवै देशका आर्थिक टोलीबीच प्रमुख
काठमाडौं— भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु
काठमाडौं— इजरायलले मंगलबार राति गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमण गाजा सहरका विभिन्न भागसँगै बेत ला र खान युनिस क्षेत्रमा समेत केन्द्रित भएको बताइएको छ। घर, विद्यालय र आवासीय भवनहरू समेत आक्रमणको लक्ष्य बनेका छन्।हमासका स्वास्थ्य अधिकारी र सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजरायल केट्जले हमासका लडाकुहरूले इजरायली सैनिकमाथि आक्रमण गर्नुका साथै बन्धकका शव फिर्ता गर्ने सहमतिलाई तोडेको दाबी गरेका छन्।त
काठमाडौं— अभिनेता, गायक र संगीतकार ऋषभ टण्डनको आज बिहान हृदयघातका कारण निधन भएको छ। उनको परिवारले यो खबरको पुष्टि गरेको छ र यस दुःखद घडीमा गोपनीयता (प्राइभेसी)को आग्रह गरेको छ।रिपोर्ट अनुसार, ऋषभ टण्डन आफ्नी पत्नी ओलेस्या (जो उज्बेकिस्तानकी हुन्) सँग मुम्बईमा बस्दै आएका थिए। दिपावलीको अवसरमा उनी आफ्नो परिवारसँग उत्सव मनाउन दिल्ली गएका थिए, जहाँ आज बिहान उनलाई हृदयघात भयो। उनको अन्त्येष्टि आजै दिल्लीमा सम्पन्न हुनेछ।ऋषभले गत अक्टोबर १० मा पत्नी ओलेस्यासँग आफ्नो जन्मदिन मनाएका थिए। ओलेस्याले त्यसको अवसरमा एउटा पोस्ट पनि शेयर गरेकी थिइन्। त्यसको भोलिपल्ट, अक्टोबर ११ मा, ऋषभले करवाचौथका तस्वीरहरू
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ ।पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ ।दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तय
काठमाडौं— भारत, कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको उडान ६ई–१७०३ सोमबार ग्वाङ्झाउ पुगेको छ। यो सँगै भारत र चीनबिच पाँच वर्षदेखि रोकिएको सिधा उडान पुनः सुरु भएको छ।कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप हुँदा सिधा हवाई सेवा बन्द गरिएको थियो।पछिल्ला वर्षहरूमा दुई देशबिच सम्बन्ध सुधार हुँदैछ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो। सात वर्षपछि गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरेका थिए। सो अवसरमा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट पनि गरेका थिए। चिनियाँ विदेशमन्त्री
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।२४ घण्टे सफल भ्रमण सम्पन्न गरी ट्रम्पले मलेसियाली जनतासँग विदाइ लिँदै ‘एयर फोर्स वन’ विमानमार्फत मलेसियाबाट प्रस्थान गरेका हुन् । मलेसियामा रहँदा उनले स्थानीय अधिकारीहरूसँग भेटघाट गरेका थिए भने मलेसियाली जनताले उनलाई बिदाइ दिएका थिए ।ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन,“म मलेसियाबाट प्रस्थान गर्दैछु, यो एक महान् र जीवन्त देश हो । यहाँ महत्वपूर्ण व्यापार तथा दुर्लभ खनिजसम्बन्धी सम्झौता भयो, र हिजो सबैभन्दा महत्वपूर्ण रूपमा थाइ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.