विदेश

    Showing १४१-१५० of २,१३३ items.
  • तीन घन्टा अमेरिकी बमबारीपछि इरानको जवाफी हमला, मध्यपूर्वमा तनाव थप चर्कियो

    काठमाडौं। अमेरिका र इरानबीचको सैन्य तनाव नयाँ चरणमा पुगेको छ। सोमबार बिहान अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा करिब तीन घन्टासम्म लगातार आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै जवाफी कारबाही गरेको छ।अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार सोमबार बिहान गरिएको कारबाहीमा लडाकु विमान, युद्धपोत, आक्रमणकारी ड्रोन तथा पहिलो पटक समुद्री ड्रोनसमेत प्रयोग गरिएको थियो। आक्रमणको मुख्य उद्देश्य इरानको हवाई प्रतिरक्षा प्रणाली, मिसाइल र ड्रोन क्षमता तथा तटीय सैन्य संरचनालाई कमजोर बनाउनु रहेको अमेरिकी पक्षको दाबी छ।यसको केही समयपछि इरानले कुवेत, बहराइन र

    • प्रकाशित मितिः असार २९, २०८३
    • २४७ पटक पढिएको
  • थाइल्याण्डको एक बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६० बढी घाइते

    काठमाडौं— थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको हो । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोक

    • प्रकाशित मितिः असार २९, २०८३
    • ५५२ पटक पढिएको
  • अमेरिका र इरानलाई पाकिस्तानको आग्रह– संयमता अपनाएर वार्तामा आउनुस्

    काठमाडौं। मध्यपूर्वमा बढ्दो तनावका बीच पाकिस्तानले अमेरिका र इरानलाई संयमता अपनाउँदै संवाद र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ। क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने पाकिस्तानको भनाइ छ।पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले आइतबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गरेका हुन्।पाकिस्तानी विदेश मन्त्रालयका अनुसार वार्ताका क्रममा दारले कुनै पनि विवादको दीर्घकालीन समाधान संवाद र कूटनीतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै अमेरिका र इरान दुवैले संयमता अपनाउनुपर्नेम

    • प्रकाशित मितिः असार २८, २०८३
    • २११ पटक पढिएको
  • मध्यपूर्वमा युद्धको दायरा फराकिलो बन्दै -इरानद्धारा एकैसाथ तीन देशमा सैन्य प्रहार

    काठमाडौं। मध्यपूर्वमा तनाव अब इजरायल वा अमेरिकी सैन्य उपस्थितिसम्म सीमित रहेन। इरानले ओमान, बहराइन र जोर्डनलाई लक्षित गर्दै एकैसाथ सैन्य कारबाही गरेको दाबी गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ। अमेरिकी सैन्य अड्डा, रणनीतिक बन्दरगाह र हवाई अड्डालाई निशाना बनाइएको दाबीबीच विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यको सुरक्षामाथि पनि नयाँ चिन्ता थपिएको छ। इरानले पछिल्लो सैन्य अभियानमा ओमान, बहराइन र जोर्डनलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। इरानी रिभोलुसनरी गार्डका अनुसार ओमानको दुक्म बन्दरगाह नजिक अमेरिकी सैन्य लजिस्टिक केन्द्र, बहराइनस्

    • प्रकाशित मितिः असार २८, २०८३
    • ४१३ पटक पढिएको
  • कमल खेतीले फेरियो पूर्वी चीनको अर्थतन्त्र

    काठमाडौं / पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यमसमेत बनेको छ । सुजाउका किसानहरू बिहान सबेरैदेखि कमलका ताजा फूल टिपेर स्थानीय बजारमा पुर्याउने गर्छन् । विशेषगरी कृषि कार्य कम हुने मौसममा कमल खेतीले धेरै परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ । ७४ वर्षीय किसान शेङ वेइछ्वानका अनुसार विगतमा करिब ०.७ हेक्टर क्षेत्रफलको कमल पोखरीबाट वार्षिक ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म आम्दानी हुनु राम्रो मानिन्थ्यो

    • प्रकाशित मितिः असार २८, २०८३
    • २३२ पटक पढिएको
  • स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ ।अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।यसअघि खेलको १०औं मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थि

    • प्रकाशित मितिः असार २८, २०८३
    • ४६३ पटक पढिएको
  • म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाको सुरुआती अग्रता

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनाका लागि सुरुआती अग्रता दिलाएका छन् ।अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १—० को अग्रता दिलाए ।स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआती गोल गर्दै सेमिफाइनलको यात्रातर्फ बलियो संकेत बनाइ रहेको छ ।

    • प्रकाशित मितिः असार २८, २०८३
    • ५०९ पटक पढिएको
  • नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गरेको छ ।खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको पहिलो हाफको थप गरिएको इन्जुरी समयमा इङ्गल्याण्डका जुड बेलिङ्ङ्घमले गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याए ।निर्धारित ९० मिनेटको खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पछि थपिएको समयमा निर्णायक गोल गर्दै इङ्गल्याण्डले अन्तिम चारमा आफ्नो स्था

    • प्रकाशित मितिः असार २८, २०८३
    • ६४५ पटक पढिएको
  • एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. क्षेत्री नियुक्त

    काठमाडौं / एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क एपीजीएनको नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा।जगदीशकुमार क्षेत्री नियुक्त भएका छन् ।एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व परिवर्तन गर्दै डा. क्षेत्रीसँगै भारतका डा.आशिष गोयललाई नेतृत्वमा चयन गरेको हो । नियुक्तिको घोषणा नेदरल्यान्ड्सको एम्स्टर्डममा हालै सम्पन्न इन्टरनेसनल एसोसिएसन अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स आईएजीजीको विश्व सम्मेलनका क्रममा गरिएको हो । डा. क्षेत्रीले लामो समयदेखि एपीजीएनको नेतृत्व गर्दै आएका अस्ट्रेलियाका प्राध्यापक लियोन फ्लिकरलाई प्रतिस्थापन गरेका हुन् । प्राध्यापक फ्लिकरले २१ वर्षसम्म उक्त पद सम्हालेका थिए ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • २१६ पटक पढिएको
  • भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा मृत्यु संख्या ३,८८९ पुग्यो

    भेनेजुएला । शक्तिशाली भूकम्पले तहसनहस बनेको भेनेजुएलामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगेको छ। हजारौँ मानिस घाइते र विस्थापित भएपछि उद्धार तथा राहत अभियान अझै जारी छ।सरकारी विवरणअनुसार १६ हजार ७ सय ४० जना घाइते, १७ हजार ९ सय ७ जना घरबारविहीन भएका छन्। भूकम्पले १९० भवन पूर्ण रूपमा ध्वस्त बनाएको छ भने ८ सय ५६ भवनमा गम्भीर क्षति पुगेको छ।उद्धार टोलीले हालसम्म ६ हजार ४ सय ६२ जनालाई जीवित उद्धार गरेको छ। प्रभावित क्षेत्रमा हजारौँ परिवारलाई खाद्यान्न, स्वास्थ्य सेवा र राहत सामग्री वितरण भइरहेको छ।गत जुन २४ मा याराकुई राज्य केन्द्रबिन्दु भएर ४० सेकेन्डको अन्तरमा ७।२ र ७।५ म्याग्निच्युडका दुई श

    • प्रकाशित मितिः असार २६, २०८३
    • १८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.