साना, २६ असार । लाल सागरमा विगत केही दिनदेखिको शान्ति पुनः भंग भएको छ । गत बुधवार यमनको इरान समर्थित हुथी लडाकुहरूले आक्रमण गरेका दुई जहाजमध्ये एउटा ‘इटर्निटी सी’ पूर्ण रूपमा डुबेको छ । यो घटनाले लाल सागरमा पानीजहाजको सुरक्षामा फेरि गम्भीर प्रश्न खडा गरेको छ ।सोमबार र मंगलबार फेरि समुद्री ड्रोन र रकेटले हुथी लडाकुहरूले जहाजलाई आक्रमण गर्दा यो दुर्घटना भएको हो। बुधबार बिहानसम्म जहाज पूरै पानीले ढाकिएको थियो। यस जहाजमा रहेका २५ चालक दलका सदस्यमध्ये ६ जनालाई कुनै न कुनै तरिकाले बचाइएको छ भने १५ जना अझै बेपत्ता रहेका छन् ।जबकि ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हुथी बिद्रोहीहरूले
क्यालिर्फोनिया, २६ असार । टेस्लाका सीईओ एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टेनको फाइल गोप्य राखेको पुनः आरोप लगाएका छन् ।हालै अमेरिकन पार्टी खोलेका मस्कले यी फाइलहरू सार्वजनिक गर्नु उनको पार्टीको प्राथमिकता भएकोसमेत जानकारी दिएका छन् ।मस्कले मंगलबार एक्समा लेखेका थिए, ‘ट्रम्पले एपस्टेनका फाइलहरू रिलिज गरेनन् भने मानिसहरूले उहाँमाथि कसरी विश्वास गर्ने ?’ जब एक प्रयोगकर्ताले यो मुद्दा आफ्नो पार्टीको लागि महत्त्वपूर्ण छ भनेर सोधेका थिए, मस्कले १०० प्रतिशत भन्दै इमोजीको साथ जवाफ दिएका छन् । जेफ्री एपस्टेन मुद्दा नाबालिग केटीहरूको यौन शोषणसँग सम्बन्धित छ, जसमा धेरै उच्च
काठमाडौँ – यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको झण्डा भएका मालवाहक जहाज इटर्निटी सी माथि भएको आक्रमणमा दुई जना चालक दल सदस्यको ज्यान गएको छ।अन्तर्राष्ट्रिय समुद्री संगठन (IMO) का लागि लाइबेरिया प्रतिनिधिले जानकारी दिँदै उक्त आक्रमण "भयानक र विध्वंसकारी" भएको बताएका छन्। समाचार अनुसार, आक्रमण साना डुङ्गाबाट प्रक्षेपित रकेट–प्रोपेल्ड ग्रेनेड (RPG) प्रयोग गरेर गरिएको थियो, जसका कारण जहाजमा ठूलो क्षति पुगेको छ।आक्रमणपछि जहाज समुद्रमा एकातिर ढल्किएको थियो। रोयटर्सका अनुसार, इटर्निटी सी मा २२ जना चालक दल सदस्य थिए, जसमा ११ जना फिलिपिन्सका र एक जना रूसी नागरिक रहेको उल्लेख गरिएको छ। हालसम्म कुन
मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आलियाको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्रा. लि.’ र आलियाको व्यक्तिगत बैंक खाताबाट अवैध रूपमा झण्डै ७७ लाख रुपैयाँ निकालेको आरोप लागेको हो।जुहू प्रहरीले दर्ता गरेको यो मुद्दामा हाल अनुसन्धान जारी छ। रिपोर्ट अनुसार, शेट्टीले आलियाका नक्कली हस्ताक्षर गरेर दुई वर्षको अवधिमा रकम निकालेकी थिइन्। उक्त उजुरी केही महिनाअघि आलियाकी आमा सोनी राजदानले दिएकी थिइन्। करिब पाँच महिनापछि प्रहरीले शेट्टीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।हालसम्म अभिनेत्री आलिया भ
नयाँ दिल्ली— भारतको गुजरात राज्यमा बुधबार बिहान एक पुरानो पुल भाँचिँदा ठूलो दुर्घटना भएको छ। वडोदरा र आणन्द जिल्ला जोड्ने महिसागर नदीमाथिको 'गम्भीरा पुल'को बीचको हिस्सा अचानक भाँचिएपछि दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप र केही अन्य सवारी साधन नदीमा खसेका छन्।४५ वर्षअघि निर्माण गरिएको सो पुल अत्यधिक जीर्ण अवस्थामा रहेको बताइएको छ। दुर्घटनापछि कांग्रेस आईका नेता तथा गुजरात विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत घटनामा चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार कार्य तीव्र बनाउन र वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई जनाको शव
काठमाडौं— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेको केही घण्टापछि रूसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइटले आत्महत्या गरेका छन् । पुटिनले सोमबार बिहान स्टारोभोइटलाई बर्खास्त गरेका थिए । बर्खास्तीको घोषणा आधिकारिक क्रेमलिन वेबसाइटमा प्रकाशित भएको थियो । उपमन्त्री आन्द्रे निकितिनलाई कार्यवाहक मन्त्री नियुक्त गरिएको थियो ।पत्रकारहरूले स्टारोभोइटको बर्खास्तीको कारण सोध्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वासको कमीका कारण नभएको बताए पनि उनले कुनै वैकल्पिक कारण उल्लेख गरेनन् ।रूसको अनुसन्धान समितिले वक्तव्यमा जनाएअनुसार स्टारोभोइटको शव मस्कोको उपनगर ओडिन्ट्सोभोमा एक कारभित्र
वासिंगटन डिसी, २४ असार । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ।प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति ए
एजेन्सी — चीनले ३५० किलोमिटर टाढासम्म गोप्य रूपमा उड्ने स्टेल्थ विमान तथा ड्रोनसमेत पत्ता लगाउन सक्ने अत्याधुनिक क्वान्टम रेडार प्रणाली विकास गरेको दाबी गरेको छ।चङ्तु नजिकैको एक सैन्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षणमा, चिनियाँ भौतिकशास्त्रीहरूले रेडियो वेभ प्रयोग नगरी नै स्टेल्थ प्रविधियुक्त ड्रोन पत्ता लगाउन सफल भएका हुन्। परीक्षणको क्रममा रेडारले परम्परागत सिग्नल नफ्याँकी, क्वान्टम इन्ट्याङ्गलमेन्ट र गोस्ट इमेजिङ प्रविधिको प्रयोग गरेको बताइएको छ।क्वान्टम रेडारमा माइक्रोवेभ फोटोनहरूको जालो प्रयोग गरिन्छ, जसले छैटौं इन्द्रियझैं संवेदनशील रूपमा वातावरणमा भएका सूक्ष्म परिवर्तनहरू पत्ता लगाउँछ
एजेन्सी – दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ । सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो। भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए। भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हा
काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छन्। संसद्ले डा. जेनिफर गियरलिंग्स–साइमन्सलाई आइतबार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा चयन गरेको हो।नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गरिरहेकी जेनिफरले आगामी जुलाई १६ मा राष्ट्रपति पदको शपथ लिनेछिन्। सुरिनामको राष्ट्रिय सभाले दुई तिहाइ बहुमतले उनलाई राष्ट्रपति पदका लागि अनुमोदन गरेको हो।पूर्व सांसद तथा कांग्रेस सदस्य रहेकी जेनिफरले मे महिनामा भएको निर्वाचनपछि वर्तमान नेताविरुद्ध गठबन्धन बनाउँदै निर्विरोध रूपमा चुनाव जितेकी हुन्। यो राजनीतिक परिवर्तनको पृष्ठभूमिमा सुरिनामले आफ्नो समुद्री क्षेत्रमा तेल फेला
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.