विदेश

    Showing 881-890 of 2,120 items.
  • रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमण

    काठमाडौं – रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ ।रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।ककककरुसी आक्रमणको प्रतिबाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रुसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक युद्ध रिपोर्टमा भन

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 230 पटक पढिएको
  • गाजा पट्टीमा चरम गर्मी, विस्थापित प्यालेस्टिनीहरू मानवीय संकटमा

    एजेन्सी –द्वन्द्वग्रस्त गाजा पट्टीमा चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । जसले गर्दा आधारभूत वस्तुको आपूर्ति र चिकित्सा सेवाको अभावसँग जुधिरहेका १७ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू मानवीय संकटमा फसेका छन् ।विस्थापित परिवारहरूले आश्रय लिइरहेका पालभित्र उच्च तापक्रमले बिरामीहरूको अवस्था चिन्ताजनक भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।निरन्तर चिकित्सा उपचारको आवश्यकता पर्ने हजारौंका लागि यस्तो अवस्था खतरनाक साबित भएको छ ।मोहम्मद अल–मामलौका घाइतेहरू मध्ये एक हुन् । जसको पीडा पीडाभन्दा धेरै टाढा छ । क्लिनिकमा ड्रेसिङ परिवर्तन गर्न, दुखाइ कम गर्न र चिकित्सा सेवाको अभावमा उनको पीडा दिनहुँ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 486 पटक पढिएको
  • अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

    काठमाडौं— अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।स्थानीय समयअनुसार शनिबार जुलाई १३ तारिख राति करिब ९ बजे भारी वर्षाको क्रममा यादवले चलाएको होंडा एकॉर्ड कार अनियन्त्रित भइ सडक छेउमा रहेको रूखमा ठोक्किएपछि आगो लागेर जलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।यादव र ओलीले सीट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने विषयमा स्पष्ट भइनसकेको बताइएको छ ।घाइते दुई जना नजिकैको अस्पतालमा उपचाररत छन्

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 606 पटक पढिएको
  • ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

    काठमाडौं – अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरेका छन भने रुस विरुद्ध कर लगाउने धम्की दिएका छन् ।संयुक्त राज्य अमेरिकाले नाटो मार्फत युक्रेनमा हतियार पठाउने र यदि ५० दिन भित्र युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित गरी “गम्भीर कर“ लगाउने ट्रम्पले धम्की दिएका हुन् ।ट्रम्पले सोमबार ओभल अफिसमा नाटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नाटोसँग सम्झौताको घोषणा गरेका हुन् । ट्रम्पले भने “हामी युक्रेनीहरूलाई हतियार पठाउनेछौं र उनीहरूले त्यसको लागि भुक्तानी गर्नेछन्,“ संयुक्त राज्य अमेरिकाले ती हतियारहरू उत्पादन गर्नेछ ।प्याट्र

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 268 पटक पढिएको
  • इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेस्कियान घाइते

    इरान— इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ । आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उनलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको अलजजिराले जनाएको छ । ‘इजरायलले यो आक्रमणका लागि मूल्य चुकाउनुपर्नेछ,’ आक्रमणपछिको पहिलो प्रतिक्रियामा राष्ट्रपति मसूद पेजेशकियानले भनेका छन् ।आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो । अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानक

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 656 पटक पढिएको
  • अपराध संलग्नताको आरोपमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री बर्खास्त

    अफ्रिका— दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराधमा संलग्न भएको आरोप लागेपछि प्रहरी मन्त्री सेन्जो मुच्नुलाई पदबाट बर्खास्त गरेका छन्।राष्ट्रपतिले आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै मुच्नुविरुद्ध राजनीतिक हत्या, भ्रष्टाचार, तथा संगठित अपराधमा संलग्न रहेको गम्भीर आरोप लागेको र त्यसको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। राष्ट्रपति रामाफोसाले भने, “राष्ट्रिय सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बेला हो, कोही पनि कानूनभन्दा माथि हुँदैन।”राष्ट्रपतिले कानुन प्राध्यापक फिरोज काचालियालाई अन्तरिम प्रहरी मन्त्रीका रूपमा नियुक्त गरेका छन्।यसबीच, बर्खास्त मन्त्री मुच्नुले आफू निर्दोष रहे

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 597 पटक पढिएको
  • गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनासहित ६ जना बालबालिकाको मृत्यु

    काठमाडौं— आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १० जनाको इजरायली आक्रमणमा मृत्यु भएको छ।यसरी ज्यान गुमाउनेमा ६ जना बालबालिका समेत छन्। अहिले कतारको दोहामा हमास र इजरायलको बीचमा वार्ता भइरहेको छ। वार्ताको बीचमा दुवै पक्षले एक आपसमा युद्ध विरामको मापदण्ड नटेरेको आरोप लागिरहेको छ।प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अन्तरालमा १३९ शव अस्पतालमा लगिएका छन्। २ जुलाईपछि यो सङ्ख्या सबै भन्दा धेरै हो।७ अक्टोबरमा २०२३ हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा गाजामा आक्रमण सुरु गरेको थियो। त्यसयता ५८ हजार २६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।पानी बोकेर हिँडिरहेका ध

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 528 पटक पढिएको
  • लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि.....

    इस्लामावाद, ३० असार । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ ।यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा म

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 336 पटक पढिएको
  • इमरान खानलाई छुटाउन पाकिस्तानी बिपक्षी दलले अगस्ट ५ मा भब्य आन्दोलन गर्ने

    इस्लामबाद, ३० असार । पाकिस्तानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्ना संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको लागि राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । जसका लागि शनिबार देखी सो पार्टीका शीर्ष नेताहरू लाहोर पुगेका छन्, जहाँबाट यो आन्दोलन औपचारिक रूपमा सुरु हुने जनाइएको छ। खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरले यसलाई आन्दोलनको आधिकारिक सुरुवात भनेका छन् र उनका अनुसार अगस्ट ५ सम्ममा आन्दोलनलाई चरम सीमामा पुर्‍याउने बताएका छन्।शनिबार पीटीआई कार्यवाहक अध्यक्ष ब्यारिस्टर गोहर अली खान, केपी सीएम गंडापुर, र पञ्जाब विधानसभामा विपक्षी नेता मलिक

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 513 पटक पढिएको
  • उत्तर कोरियाविरुद्ध गठबन्धन नगर्न रुसको चेतावनी, अमेरिका–जापान–दक्षिण कोरियालाई लक्षित

    काठमाडौं— रुसले अमेरिका, जापान र दक्षिण कोरियालाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको पूर्वी सहर वोन्सानमा आयोजित उच्चस्तरीय भेटघाटमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।लाभरोभले भने, “हामी ती मुलुकहरूलाई चेतावनी दिन्छौं, जसले उत्तर कोरिया वा रुसविरुद्ध लक्षित सैन्य गठबन्धन बनाउन खोजिरहेका छन् । यस्ता सुरक्षा अभ्यासहरूले क्षेत्रीय अस्थिरता निम्त्याउँछन् ।”उक्त भेटमा उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश समेत हस्तान्तरण गरेका थिए । साथै, युक्रेन युद्धमा उत्तर कोरियाको ‘बिना सर्त समर्थन’ प

    • प्रकाशित मितिः असार २९, २०८२
    • 621 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.