इस्लामावाद / पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो ।नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो । अन्य ए र बी समूहमा परेका देशहरुबाट पाकिस्तान आउन चाहनेहरुलाई भने विभिन्न सर्त तथा मापद
काठमाडौँ / चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् । शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि
इस्लामावाद(एजेन्सी) पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् ।सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको गेयो न्युजले समाचार सम्प्रेषण गरेको छ । प्रदर्शनकारी
बेइजिङ / चीनमा बिहीबार सम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ ।विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कूल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख संक्रमणमुक्त भएका छन् ।हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्र
इस्लामावाद / पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बलुचिस्तानको खुज्दार जिल्लामा यात्रु बाहक बस दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा लगिएको छ । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दार तर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि स्थानीय प्रहरीले जनाएको छ ।यसै साताको
याङ्गुन(एजेन्सी) म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ भने २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले शुक्रबार जनाएको छ ।म्यानमारमा गत
याङ्गुन(एजेन्सी) म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।उनले उक्त दुर्घटना भएको विमान खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ
लखनऊ / भारतको उत्तर प्रदेशमा बसले भ्यानलाई ठक्कर दिँदा १७ जनाको मृत्यु र अठार जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए । बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदा बादतर्फ जाँदै थिए । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थिए । मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए ।उक्त घटनामा परेका १६ जनाको घटनास्थ
एजेन्सी / भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति तिर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश एमआर साहले मृत्यु भएकाको परिवारलाई ४ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएका हुन् । कानुन व्यवसायी गौरव कुमारले सर्वोच्च अदालतमा दायर गरेको रिटको बहस पछि अदालतले सो फैसला गरेको हो । दैवीप्रकोप तथा महाविपत्ति ऐनको दफा १२ (३) मा उल्लेखित परिभाषा अनुशार कोरोना पनि महाविपत्ति भएको ठहर गर्दै आदालतले मृत्यु प्रमाणपत्रमा मृत्युको कारण खुलेको अवस्थामा क्षतिपुर्ति दिन आदेश दिएको हो । मृतकको परिवारलाई क्षतिपुर्ति दिन अदालतले आदेश दिएपछि कोरोनाबाट मर
वासिङ्टन / अमेरिकाको वासिङ्टन राज्यले कारोनाभाईरस विरुद्धको खोप लगाउने लाई गाँजा उपहार दिने कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रममा खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिइने सोमबार घोषणा गरीएको हो । उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्स राखिएको छ। युवाहरु खोप लगाउन उत्प्रेरित हुने आशामा सन्चालित यस कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरि
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.