काठमाडौं// नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने तयारी गरेका छन् ।
राईले राजिनामा दिएर भिम आचार्यलाई मुख्य मन्त्री बनाउने नेकपा एमालेको तयारी रहेको स्रोतले जानकारी गराएको छ।
अहिले राजिनामा दिने विषयमा छलफल चलिरहेको तर हालसम्म केही जानकारी प्रमुखको कार्यालयमा नआएको प्रदेश प्रमुखको कार्यालयका सुचना अधिकारी विमल पौडेलले बताएका छन् ।
सत्ता समिकरण एकिन नहुँदा राजिनामाको मिति शुक्रबारसम्म लम्बिने स्रोतले जनाएको छ ।






































