विर्तामोड//नेकपा एमाले झापाको समानान्तर कमिटि नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। 

शनिबार विर्तामोडमा बसेको समानान्तर एमाले जिल्ला कमिटिको बैठकले बेदराज रेग्मी नेतृत्वमा गठन भएको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरेको हो। 

बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

बैठकमा नवगठित पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश खरेलले सम्बोधन गर्दै अहिलेको विद्रोह बाध्यात्मक र अनिवार्य आवश्यकता भएको बताएका हुन् ।

केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठहर गर्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको अध्यक्ष रेग्मीले बताएका छन्।