बिर्तामोड / हृदयेश त्रिपाठी समूहले नयाँ पार्टी खोल्ने भएका छन् । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री बनेका त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको हो।
भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ।
त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन् ।
प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिज्रेस गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव छन्। यसैगरी यो समूहमा पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्रलगायतका नेताहरू पनि छन्।
त्रिपाठीले नयाँ पार्टी खोल्ने घोषणा गरे पनि उनका समूहका नेताहरू भने यसबारेमा आफू जानकार नभएको बताउँछन्। नयाँ पार्टी खोल्ने विषयमा आफूलाई थाहा नभएको त्रिपाठी समूहका नेता बिज्रेस गुप्ताले बताए।






































