पाँचथर //एमाले पाँचथर जिल्ला कमिटिका बहुमत सदस्य नेकपा (एकीकृत समाजवादी) मा गएका छन।

७ औं जिल्ला अधिबेशन बाट निर्वाचित ६१ सदस्यमध्ये  ३७ जना एकीकृत समाजवादीमा गएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)को आज जिलामा सम्पन्न भेलाले कमल जबेगुको अध्यक्षतामा  १ सय ७१ जिल्ल्ला कमिटि बनाएको छ।

एकीकृत समाजवादी केन्द्रिय कमिटी प्रदेश न. का गणेश कुमार काम्बाङ्गको उपस्थितिमा सम्पन्न भेलाले जबेगुलाई अध्यक्षमा चयन गरेको हो।

नवगठित जिल्ला कमिटिको उपाध्यक्षमा प्रेम प्रसाद रिजाल ,सचीवमा तिबेन्द्र राज चापागाईं र उप-सचीव महेन्द्र थाम्सुहाङ्ग रहेका छन्।