बिर्तामोड / एमालेका पूर्व सांसदलाई बर्खास्तीको माग सहित आफैँले दुई पटक विघटन गरेको संसद् चल्न नदिन सदन भित्रै आन्दोलन गरिरहेको एमालेका सांसदले मर्यादा पालकको हातमा टोकेको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि कानुन बमोजिम सांसद पदमा बहाल रहेका १४ सांसदलाई बर्खास्त गर्न माग गर्दै संसद अवरुद्ध गरिरहेको एमालेका सांसदले शुक्रबार सदनमा संसदीय मर्यादा विपरीत देखाएका दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल रहेका छन् ।
सार्वजनिक भएका तस्विर र भिडियोमा एमालेका केही सांसद सांसदको काधमा चढेका छन् भने एक सांसदले रोष्टममा जान नदिन गरेको अवरोध हटाउने क्रममा एक मर्यादा पालकको हात टोकेको देख्न सकिन्छ । हात टोकेको त्यही तस्विर र भिडियो यतिबेला भाइरल बनेको छ ।
कान्तिपुर दैनिकका फोटो पत्रकार अंगद ढकालले कैद गरेको हात टोक्दै गरेको तस्विर यतिबेला सबैभन्दा बढि चर्चामा रहेको छ । ढकालले कैद गरेको तस्वीरमा समेत एमाले सांसदले मर्यादा पालकको हात टोकेको देखिन्छ । एमाले सांसदले हात टोकेपछि एक मर्यादा पालक घाईते बनेको समेत संसद सचिवालय स्रोतले जानकारी गराएको छ ।
बैठक सुरु भए लगत्तै एमालेकी सचेतन शान्ता चौधरी ,रेखा कुमारी झार पदम गिरी लगायतका भिडियो अनि तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।






































