धनुषा // नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।

सोमबार धनुषाको मिथिला नगरपालिकास्थित लालगढमा बसेको प्रदेश संगठन कमिटी बैठकले सो निर्णय गरेको हो।

संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरेसँगै सरकारमा सहभागी हुने निर्णय गरिएको पार्टीका प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी गराएका छन्।

मुख्यमन्त्री लालबाबु राउतसँग सरकारमा सहभागिताका लागि पहल गर्ने जिम्मेवारीसमेत दलका नेता महतोलाई दिइएको उनले बताएका छन्।