बिर्तामोड / नेकपा एमालेका दुई सांसद माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् ।
एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एसमा जान पाउने भएका हुन् ।
दल दर्ताका लागि भदौ २ मा निवेदन दिँदा नाम नभएको भन्दै निर्वाचन आयोगले सनाखत नगरेपछि उनीहरूले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो।
न्यायाधीशद्वय न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सनाखत पूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।