झापा// अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले रञ्जन धमलाको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ।
मंगलबार सम्पन्न भएको १७ औ जिल्ला सम्मेलनले ६३ सदस्य जिल्ला कमिटि चयन गरेको हो।
नवगठित जिल्ला कमिटिको उपाध्यक्षमा सन्दिप प्रसाई, नविन सिटौला, सुरेन्द्र गिरी, लक्ष्मी नेपाल र पुजा कडेल चयन भएका छन्।
त्यस्तै सचिवमा राजन चापागाई, सह–सचिवमा गंडा बस्नेत, अभिजित दवाडी , शेखर भट्टराई र कोषाध्यक्षमा प्रतिमा गडतौला चयन भएका छन्।
सदस्यमा सुधिर पौडेल, समिरा मैनाली, प्रकाश लुईटेल, रिजन राजवंशी, नवराज सुवेदी, विमोचन निरौला सहित ६३ जना चयन भएको अखिल (क्रान्तिकारी) झापाले जानकारी गराएको छ।