रौतहट//अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)रौतहटले कुन्दन महतोको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ।
मंगलबार सम्पन्न भएको १४ औं जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो।
नवगठित जिल्ला कमिटिको उपाध्यक्षमा धिरेन्द्र मुखिया ,देबप्रसाद दहाल ,राजु महतो चयन भएका छन् ।
त्यसैगरी सचिवमा अजय पटेल ,सह-सचिवमा प्रमोद दास ,कोषाध्यक्षमा शोभा पाण्डेसहित सहित ५१ जना चयन भएको नेकपा माओवादीका नेता तथा केन्द्रिय सदस्य चेत बोलखेले जानकारी गराएका छन् ।
"वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान, सुदृढ़ संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन". भन्ने मूल नाराका साथ भएको सम्मेलनमा प्रमुख अतिथीमा रञ्जित तामांग रहेका थिए।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै तामांगले देशको प्रमुख पदहरुमा पुगेका नेता तथा कर्मचारीहरु सरकारी विद्यालयबाट नै आफ्नो अध्ययन पुरा गरे पनि उनीहरुले सामुदायिक विद्यालयहरुको पठन पठनमा सोचे अनुसारको परिवर्तन ल्याउन नसकेकोमा दु:ख व्यक्त गरेका थिए ।
त्यस्तै सम्मेलनका विशिष्ट अतिथी युवराज भट्टराई समिरले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन अखिल क्रान्तिकारीले नयाँ तरिकाको शैक्षिक आन्दोलन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले स्थानीय तहमा छुटै किसिमका शिक्षा नीति बनाउन तथा शिक्षा माफियालाई जरैदेखि अन्त्य गर्न अखिल क्रान्तिकारी तात्नु बाहेक अर्को विकल्प नरहेको समेत बताएका छन् ।