बिर्तामोड / चर्चित कलाकार तथा अभिनेत्री करिश्मा मानन्धर विवादमा तानिएकी छन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको फोन संवादको विषयलाई लिएर उनी विवादमा तानिएकी हुन् ।

करिश्माले यतिबेला उच्च माध्यमिक शिक्षा परिषदले लिइरहेको परीक्षाका विषयमा ओलीले आफूलाई फोन सम्पर्क गरेर जानकारी लिएको भनेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका तस्विर र स्टाटसका कारण विवादमा तानिएकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले आफूलाई फोन गरेर सोधेको भन्दै कुराकानीका कुरा समेत उल्लेख गरेकी थिइन । फोन संवाद सावित गर्न उनले ओलीको नाम र नम्बर समेत देखाउन राखेको तश्विरका कारण कलाकार मानन्धर  विवादमा तानिएकी हुन् ।  

ओलीसँग फोन सम्वाद भएको सावित गर्न उनले राखेको तस्वीरमा मानन्धरले  नै फोन गरेको देखिएपछि उनीले झुटा कुरा फैलाएको पोल खुलेको हो । धेरै सञ्चारमाध्यमले समेत मानन्धरको  त्यही सामाजिक सञ्जाल हेरेर समाचार समेत बनाएका थिए । शुक्रबार दिनभरी नै केसी र ओलीको समाचार भाइरल बनेको थियो ।

 
करिश्माले सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो थियो

‘फोन आउँदा मेरो मोबाइलमा स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो । म छक्क परेँ । मजाक होकी भन्ने लाग्यो । तर उहाँ हाम्रो देशको पूर्वपूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मूलिले जस्तो छोरा छोरीलाई गरे जस्तो सुनिन्थ्यो

केपी ओली :‘करिश्मा परीक्षा कस्तो भइरहेको छ ?
करिश्मा : हजुर ठीक छ सर ।
करिश्मा : तपाईं केपी ओली ?
केपी ओली : ओ हो विश्वास लागेन ?
करिश्मा  : लागेन सर ।

 
त्यसपछि करिश्मालाई ओलीले डुङ्गाको कथा सुनाएको उनको दाबी छ । करिश्माले ओलीलाई ठूलो मान्छे भएर सामान्य कलाकारलाई फोन गरेको भन्दै ‘धन्यवाद केपी बुवा’ भनेर स्ट्याटसको अन्त्य गरेकी छिन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले फोन आएको हैन फोन गरेको थाहा पाएर करिश्माको आलोचना गर्न थालेपछि उनले हालेका तस्विर र स्टाटस नै हटाएकी छन् ।

करिश्माको झुटको पर्दाफास बनेपछि पनि उनले फोनमा नै केही समस्या भएको दावी गर्न थालेकी छन् । उनले एक सञ्चारमाध्यमको कुराकानीका क्रममा आफ्नो झुटो दावी सावित गर्ने कोसिस गर्दै भनेकी छन् – मलाई केपी ओलीले नै फोन गरेको हो कसरी आउट गाइङ देखियो त ?