इलाम// केपी ओलीले कम्युनिष्ट एकता नचाहेको नेकपा एकीकृत समाजवाद का नेता एवं बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बताएका छन् ।
ओलीले आफ्नो स्वार्थपूर्तिका लागि मात्र माओवादीसँग एकताको नाटक गरेको उनले आरोप समेत लगाएका छन् ।
दुई तिहाइको कम्युनिष्ट पार्टीको एकता नचाहेका ओलीले एमालेको समेत एकता नचाहेको पाण्डेले आरोप लगाएका छन्।
राजा महेन्द्रले २०१७ मा चालेको कदम जस्तै ओलीले संसद विघटन गरेर संविधान समाप्त गर्ने कार्य गरेको भन्दै माधव नेपालले पार्टी विभाजन नभइ विद्रोह गरेको उनले जिकिर गरेका छन्।
ओलीले मनोमानी र व्यक्तिगत ढंगले पार्टी चलाउन थालेपछि नेकपा फुटमा पुगेको समेत उनको आरोप छ।