काठमाडौं//नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सुनिता बरालको अध्यक्षतामा  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन गरेको छ।

अध्यक्ष बराल केपीशर्मा ओलीको गृह जिल्लाकी विद्यार्थी नेता हुन्।

निवर्तमान अध्यक्ष ऐन महरले राजीनामा दिएपछि बरालको अध्यक्षतामा कमिटी पुर्न:गठन गरिएको हो।

नवगठित सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महा-सचिवमा समिक बडालसहित  ४०६ सदस्यीय केन्द्रीय कमिटी पुर्न:गठन  गरिएको बताइएको छ ।

अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले भने बिदा लिएका छन् ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसकेकी छन् ।

महिलाबाट अखिलमा अध्यक्ष बन्ने उनि तेस्रो व्यक्ति हुन् ।

यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् ।

 ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुर्न:गठन गर्दै  आगामी अखिलको २३औँ महाधिवेशन गराउने निर्णय भएको सचिवालय सदस्य नारायण घर्तीले जानकारी गराएका छन्।

बैठकले आगामी चैत २४ देखि २६ गतेसम्म अखिलको २३औँ महाधिवशेन गर्ने समेत  निर्णय भएको उनले बताएका छन्।