बिर्तामोड / पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले विभूषण अस्वीकार गरेका छन् ।
सरकारले संविधान दिवसको अवसरमा प्रदान गरको ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ विभूषण पीएलल अस्वीकार गरेका हुन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्री समेत रहेका सिंहले विभूषण ग्रहण गर्नु आफ्नो नैतिक मान्यताविरुद्ध भएको बताएका छन् ।
उनले भने –‘मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधान अन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’
२०६३ वैशाख ११ गते विगठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सिंहले सदनमा उपस्थित नहुने अडान लिएका थिए।
सिंह सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पनि हुन्। भट्टराईलाई यसपल्ट सरकारले ‘नेपाल रत्न’ द्वारा विभूषित गर्ने निर्णय गरेको छ। यो सबैभन्दा ठूलो विभूषण हो। सिंहले अस्वीकार गरेको सुप्रसिद्ध प्रबल जनसेवाश्री चौथो ठूलो विभूषण हो।