बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोग विरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदैछ ।
अध्यक्ष ओलीले दायर गरेको सो रिट निवेदनको सुनुवाइ न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा हुने छ ।
अध्यक्ष ओलीले पार्टीबाट कारवाही गरिएका १४ सांसदसमेतको हस्ताक्षर सनाखत गराएर नयाँ दल गठन गरिएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।
त्यस्तै सभामुख सापकोटाले एमालेले कारवाही गरेको १४ जना सांसदको बारेमा जानकारी गराउँदा समेत पदमुक्त नगरेर नयाँ दल दर्ताका लागि भूमिका निर्वाह गरेको भन्दै ओलीले उनीविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।