काठमाडौँ / नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी चयन गरेको छ । 

अध्यक्ष माधवकुमार नेतृत्वको ‘हाइ कमाण्ड’को निर्णयअनुसार राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालले उपाध्यक्षको जिम्मेवारी पाएका छन् । महासचिवको जिम्मेवारी डा। बेदुराम भुसालले पाएका छन् भने डा। विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वालाले उपमहासचिवको जिम्मेवारी पाएका छन् ।

हाइ कमाण्डले रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठलाई सचिवको जिम्मेवारी ताकेको छ ।