बिर्तामोड / वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारीले सक्रिय भएर राजनीति गर्ने भएकी छिन् ।

लिमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन् ।

एकीकृत समाजवादीले लिमालाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवा गरिरहेकी लिमा  नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्। 

लिमा भरतमोहनी माइली छोरी हुन् ।