बिर्तामोड / गुल्मीमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टसँग नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
झाँक्रीले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् भने विष्टले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।
एउटै दलमा लामो समय सँगै रहेका दुवै जना युवा पङ्क्तिमा लोकप्रिय मानिन्छन् । त्यसैले अबको चुनावमा झाँक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्ट एमालेमै छन् ।
सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।