बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरेका छन् ।
प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्ने लगायतका विषयमा छलफल गर्न भन्दै आज (विहीबार) बिहान १० वजे बोलाएको सर्वदलीय बैठक अध्यक्ष ओलीले बहिष्कार गरेका हुन् ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा एमालेको असहमति रहेको भन्दै आफूहरू बैठकमा नजाने एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
उनले भने, –‘एकीकृत समाजवादी पार्टी संसद्मा समेत गैरकानुनी रुपमा उपस्थित भइरहेको अवस्था छ भने अर्काे तिर सर्वोच्चमा सो पार्टीविरुद्ध मुद्दा छ । यस्तो अवस्थामा एमाले सर्वदलीय बैठकमा उपस्थित हुदैन ।’