बिर्तामोड / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । लेखिले पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।

राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए । 

पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको उनको भनाइ छ ।