बिर्तामोड / असोज १७ गतेका लागि बोलाएको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारिएको छ । संसद सचिवालयले बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

संसद्मा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पूर्वाग्रही भएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ।