बिर्तामोड /  नेकपा ( माओबादि (केन्द्र ) बिर्तामोड नगर कमिटी को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

 सचिव मोहन सुब्बाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रमुख अतिथि पार्टी का प्रदेश इन्चार्ज एवम् संघीय सांसद राम कार्की पार्थ क्षेत्री रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्की ले गणतन्त्र , धर्म निरपेक्षता , समावेशी समानुपातिक प्रणाली र संघीयता लगायत पछिल्ला उपलब्धि माथि निरन्तर आक्रमण भैरहेकोले माओवादीको औचित्य थप आवश्यक भएको जनाएका थिए ।

आफूले झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारीको घर बनाइदिन पहल गर्दा एमाले आफूसँग बेस्सरी रिसाएको जिल्लाका युवा नेता युवराज दाहालले स्मरण गरेका छन् । उनले अर्का लोकतन्त्रका सेनानी मैयाँ लम्सालको घर बनाउँदा एमालेका वडा अध्यक्षले सिफारिस नै नदिएकोले राम्रो काम मात्र गर्ने हो भने एमाले आफै खिइदै जाने बिचार व्यक्त गरे । 

साथै केपी ओलीले अभुतपुर्ब रुपमा साथ पाएका झलनाथ खनाल र माधव नेपाल जस्ता सहयात्री गुमाएकाले उनी कमजोर भैसकेको र अब उठ्ने सम्भावना नरहेको बताएका छन्। 

कार्यक्रम मा प्रदेश सांसद एवम् झापा जिल्ला सह इन्चार्ज  झलक सिंह दर्लामी  सन्देश , जिल्ला समन्वय समिति संयोजक मणिकुमार साम्पाङ्ग  बिजयु , पार्टी का प्रदेश कमिटी सदस्यहरु लक्ष्मी न्यौपाने ुसरुु , सिपि कडरिया लगायतले प्रशिक्षण मन्तब्य दिएका थिए। बिषयगत  प्रशिक्षण अन्तर्गत निर्बाचन सम्बन्धि बिषयमा प्रदेश कमिटि सदस्य सिपि कडरियाले, बैठक संचालन र माइन्युट लेखन सम्बन्धि बिषयमा नगर इन्चार्ज युबराज दाहालले प्रशिक्षण दिएका थिए । 

 समसामयिक राजनिति र आगामी कार्यदिशा सम्बन्धि प्रशिक्षण प्रमुख वक्ता राम कार्कीले दिएका थिए भने, पार्टिको तत्कालिन परिस्थिति र राष्ट्रीय राजनीतिको बिषयमा नेताहरु बिजय साम्पाङ्ग, झलक सिंह दर्लामी , लक्ष्मी न्यौपाने लगायत ले राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए ।