बिर्तामोड / नेकपा एमालेले बरिष्ठ नेता र उपमहासचिव पद खारेज गरेको छ ।
आज (शुक्रबार) बाट सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा पेश भएको विधान संसोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गरिएको छ ।
यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने व्यवस्था रहेको थियो । अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् ।
त्यस्तै यसअघि प्रस्ताव भएको उपमहासचिव पद खारेज भएको छ । उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहने भनिएको थियो ।