बिर्तामाेड / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर केपी ओलीको आतङ्क रहेको भन्दै त्यसलार्य परास्त गर्न आम कार्यकर्ता र नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।
माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सम्बोधनकै क्रममा उनले लामो संघर्ष पछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको समेत बताएका छन् ।
प्रतिकृयावादी शक्तिहरूले जनतालाई भ्रम सिर्जना गरेको भन्दै सबै कार्यकर्ता र नागरिकलाई सचेत हुन अनुरोध गर्दै उनले भने, – ‘आफूले देशमा ठुलो कम्युनिस्ट शक्ति निर्माण गरि देशलाई समृद्धितर्फ लैजाने योजना अनुरूप नेकपा एमालेसँग पार्टी एकता गरेता पनि गलत प्रवृत्ति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भयो ।’
२०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टीले नयाँ तरिकाले अगाडि बढ्ने बताए ।
उनले अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।