काठमाडौँ// नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी चिनफिङको नक्कल गर्न थालेका छन्।

नेकपा एमालेको विधान महाधिवेशनमा मञ्चको डिजाइन ठ्याक्कै  चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी मञ्चसँग मिल्दोजुल्दो रहेको थियो।  

गोदावरीस्थित  नेकपा एमालेको सम्मेलनमा सजावट ठ्याक्कै चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलनको दौरान मञ्चमा भएको जस्तै देखिएको थियो।

पृष्ठभूमीमा रातो कपडाको बीच भागमा सुर्य चिन्ह भित्र हसियाँ हथौडा राखिएको थियो। चिनियाँ पार्टीको सम्मेलनका दौरान बीच भागमा पनि त्यसै गरी हसियाँ हथौडा राखिएको थियो ।

ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दा पनि चीनको निकै प्रशंशा गरेका थिए।    सीले शक्ति विस्तार गर्दै लगेर पार्टीको विधान नै परिवर्तन गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा उनी माओत्से तुङ पछिका शक्तिशाली बनेका थिए । सीले आफूलाई आजीवन नेता बन्न सक्ने व्यवस्था गरेका थिए ।

ओलीले पनि ठिक त्यसैगरी विधान परिवर्तन गराउँदै छन्। ।

सीले जसरी माओ पछिका नेताहरुलाई ओझेलमा पार्ने गरी पार्टीलाई आफू केन्द्रित बनाए ओलीले त्यही शैली अपनाएका छन् ।

  त्यसैगरी सीले माओपछि चिनियाँ कम्युनिस्ट पार्टीमा आफ्नो विचारधारा नै मुख्य हो भन्ने बनाएका थिए ।

ओलीले पनि मदन भण्डारी पछि नेकपा एमालेमा आफ्नै विचार मुख्य हो जस्तो गरी प्रस्तुती गरेका थिए ।