काठमाडौँ।//कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पनि एमालेकाे विधान महाधिवेशनमा भाग लिएका छन्।

आजदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सभामुख शाहीले पनि भाग लिएका हुन्।

शाही दैलेख क्षेत्र नंं. २ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् ।

सभामुख –उपसभामुख बनेपछि पार्टीबाट राजीनामा दिने कानुनी व्यवस्था छ ।

एमालेका प्रदेशसभा सदस्यहरू स्वतः विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएकोले उनी सहभागी भएको एक एमाले नेताले बताएका छन्।

यता शाहीले भने विधान महाधिवेशनमा सहभागिता र आफ्नो दलीय हैसियतबारे प्रतिक्रिया दिन मानेका छैनन्।