बिर्तामोड / नेकपा एमाले विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदनमाथि समूह गत छलफल हुँदैछ ।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा हिजाे पेश भएका तीनवटा प्रतिवेदनमाथि आज छलफल हुँदैछ ।
महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।
समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।
१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरूलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ ।
समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिनेछ।