काठमाडौँ / संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । संघीय संसद सचिवालयको अनुसार बैठक दिउँसो १ बजे बस्ने छ ।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।