बिर्तामोड / नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् ।
गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सो कुरा बताएका हुन् ।
भट्टराईले भने, –‘महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको छ ।’
महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्याउन भट्टराईले सहभागी जनप्रतिनिधिहरू सबैलाई आग्रह समेत गरेका छन् ।