बिर्तामोड / सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ ।

यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।

लामो समयपछि हिजो सत्ता गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँडमा सहमति कायम गरेका हुन् । अढाइ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेका बेला सत्ता गठबन्धन दलहरू मन्त्रालय बाँडफाँडपछि मन्त्री छनौटमा जुटेका छन् ।