बिर्तामोड / नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकृकीत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

आज (बिहीबार) एक कार्यक्रम आयोजना गरी समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गरेका हुन् । 

एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेका थिए । नेता नेपालले जोशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने पनि जानकारी दिए ।

पछिल्लो समय एमालेले दश बुँदे सहमति कार्यान्वयन नगरेको र एमालेमा पुरानै प्रवृत्ति देखिएकाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको नेता जोशीले बताए । 

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’