काठमाडौं / अव शिक्षक, प्राध्यापक र कर्मचारीहरूले नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने भएका छन् ।
सुनिल बोहराले दायर गरेको रिट निवेदनको सुनवाई गर्दै उच्च अदालत पाटनले अव शिक्षक, प्राध्यापक र कर्मचारीहरुले कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने अन्तरिम आदेश जारी गरेको हो ।
बोहोराले कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्वाचित त्रि.वि. नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रिय विभाग किर्तिपुरमा कार्यरत स्थायी उप प्राध्यापक प्रेम ध्वज लामा तथा स्थायी शिक्षकहरू वेद विक्रम कार्की, रिता कुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बर बहादुर बोहरा, तुलसीराम श्रेष्ठ र रमेश बोहरा गरी १९ जनालाई विपक्षी बनाइ उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
आसन्न कांग्रेस महाधिवेसनमा देशभरबाट ठुलो सङ्ख्यामा शिक्षक प्राध्यापक र राष्ट्रसेवक कर्मचारीहरू सक्रिय राजनीतिमा संलग्न र क्षेत्रिय प्रतिनिधि लगायत कार्यकारी पदमा निर्वाचित हुँदै माथिल्लो पदमा उम्मेद्धारको दौडमा छन् ।
काङ्ग्रेसदेखि बाहेक अन्य पार्टीमा समेत सक्रिय राजनीति गर्ने यस्तो संख्या हजारौं देखिन्छ । यस सम्बन्धमा उच्च अदालत विराटनगर लगायतबाट आदेश भएको छ भने सम्बन्धित शिक्षक कर्मचारीलाई विभिन्न जिल्ला शिक्षा समन्वय इकाई, स्थानीय तह लगायत सम्बन्धित कार्यलयले निर्देशन, निर्णय र स्पष्टीकरण माग गरेको छ ।