बाजुरा  / नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्। निर्वतमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल ६०५ मतसहित विजयी भएका हुन्।

निर्वाचनमा रावलले ६०५ र पण्डितले ५६६ मत ल्याएका थिए ।   निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो।

यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्।

सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए।

कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ।