बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आफू मन्त्री बन्न नपाएपछि सामाजिक सञ्जाल (फेसबुक) मा धारणा राखेका छन् ।
उनले अहिले को मन्त्री बन्यो ? को मन्त्री भएन ? भन्ने कुरा मुख्य विषय नभएको भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका हुन् ।
पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा रहेका चौधरीले मन्त्रीमा आफ्नो नाम सिफारिस नभएपछि सामाजिक सञ्जालमा यस्तो धारणा राखेका छन् ।
उनले अहिले संवैधानिक सर्वोच्चता कायम भएको र कानूनी राज्यको स्थापना भएको पनि उल्लेख गरेका छन् ।
उनले दीर्घकालिक चेत राखेर राजनीतिक खुल्ला चौरमा प्रवेश गरेको राजनीतिक खेलाडीको लाग मन्त्री पद गौण विषय बन्न जाने पनि उल्लेख गरेका छन् ।
उनले आफ्नो पार्टीबाट मन्त्रीमा सिफारिस भएका सहकर्मीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।