बिर्तामोड / हिन्दु नेपालीहरूको पर्व दशैँ शुरु भएसँगै सांसदहरुले पनि दशैँ बिदा पाएका छन् । दशैँ बिदा दिँदै प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मङ्गलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।

साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।