एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएको एनसेल स्तरकै अर्को बहुराष्ट्रिय कम्पनीको कर छलीको विषय पनि गुपचुप बनाईएको सार्वजनिक भएको छ । कोकोकोला सहितका पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले पनि अर्बौ रुपैया कर छलेको भएपनि सरकारी निकायको संरक्षणमा उन्मुक्ति दिने काम भएको सार्वजनिक भएको हो ।

एक वर्ष अघि नै प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुशन्धान विभागले कर छलेको विषयमा अनुशन्धान गरी प्रतिवेदन तयार पारेको भएपनि त्यसै थन्काएर राखिएको सार्वजनिक भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर राखेका थिए । ओलीकै कारण करिव १२ अर्ब रुपैंया कर छलीमा संलग्न बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडलाई जोगाउने कोशिस भएको सत्ता फेरवदल पछि खुलेको हो ।