बिर्तामोड / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नर्भिक अस्पताल पुगेका छन् । 

दमको समस्या देखिएपछि आइतबारदेखि नर्भिक अस्पतालमा उपचार गराइ रहेका आफ्ना राजनीतिक गुरु वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

प्रचण्डले वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले जानकारी दिए । 

गजुरेलका अनुसार प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताइएको छ ।