बिर्तामोड / गृहमन्त्री बालकृष्ण खाण नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा पुगेका छन् ।
दम रोगबाट पीडित वैद्यको स्वास्थ्य अवस्था बझ्न खाँड आज (मंगलबार) काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् ।
खाणले अस्पतालमा वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् ।
वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।