बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
ओलीले भोलि (बिहिबार) दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् ।
बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले आगामी १० देखि १२ मङ्सिरमा दशौं राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।