बैतडी / गृह जिल्ला दार्चुला हिँडेका कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुसहित पाँच सय जना यात्रु बैतडीको जाममा फसेका छन् ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला हिँडेका बडु बाटो बन्द हुँदा दुइ दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा नै रोकिएका छन्।
सोमबार दार्चुला पुग्नु पर्ने बडु वर्षाका कारण सडक अवरुद्ध भए पश्चात बुधबारसम्म बैतडीमै छन्। उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स समेत फसेको छ।
यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका ५ सय जना यात्रु पनि मन्त्रीसँगै दुई दिनदेखि डिक्गाडमा जाममा फसेका छन्।