हेटौंडा / वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छिन् । विहीबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन् ।
मुख्यमन्त्री शाक्यले भोलिको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।